एकतानै राष्ट्रिय राजनीतिको आवश्यकता हो : अध्यक्ष ओली

एकतानै राष्ट्रिय राजनीतिको आवश्यकता हो : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकतानै राष्ट्रिय राजनीतिको आवश्यकता भएकाे बताएका छन् । बिहीवार नेकपा एमालेको उपत्यका प्रदेश कमिटीले काठमाण्डुमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रियता जोगाउन सबै एक हुनुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष ओलीले नेपाल दुई ठूला – ठूला छिमेकीको बिचमा रहेकाले छिमेकीसँग  एकताबद्ध भएर प्रस्तुत हुनुपर्ने बताए । उनले देश विभाजित हुन नहुने तर्क गरे । माधवकुमार नेपाल तर्फ लक्षित गर्दै उनले कांग्रेसको पछि लाएर हिँडेको टिप्पणी गरे । उनले भने, ‘काँग्रेसको पछिपछि हिँड्नु छ, अनि दक्षिणपन्थको विरोध गर्ने रे !’ उनले सत्तारुढ गठबन्धनको मानवीय मनसमेत नरहेको बताएका छन् । ‘यिनीहरूको त मानवीय मन पनि छैन । अलिकति मानवीयता हुँदैन । छातीभित्र मुटु होइन, ढुंगा राखेको छ, ढुंगा । त्यो पनि छिप्पिएको दर्शन ढुंगा ।’

त्यसैगरी अध्यक्ष ओलीले आफूहरूमा कसैको पार्टी कार्यालय कब्जा गर्न जाने खालको राजनीति नगर्ने पनि प्रस्ट पारेका छन् । उनले भने, ‘प्रहरीलाई कानुन उल्लंघन गर्ने संयन्त्रका रुपमा सत्ता पक्षले प्रयोग गरिरहेको छ । वैधानिक कर्मचारी संगठनको कार्यालयमा दुई चार मान्छे आएर विवाद गरेका छन्, एउटा कार्यालय पनि खोल्न सक्दैनन् ? अर्काको कार्यालय कब्जा गर्न आउने ।’