कर्मचारी सङ्गठनको कार्यालय तोडफोड गर्नेलाई कारबाही नगरेकोमा ओलीको आपत्ति

कर्मचारी सङ्गठनको कार्यालय तोडफोड गर्नेलाई कारबाही नगरेकोमा ओलीको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारी सङ्गठनको कार्यालयमा तोडफोड गर्नेलाई कारबाही नगरेकाेमा आपत्ति जनाएका छन् ।

एमालेको काठमाण्डु उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले निजामती कर्मचारी सङ्गठनको बबरमहलस्थित कार्यालयमा कर्मचारीकै एक समूहले आक्रमण गरेको र सुरक्षाकर्मीले सङ्गठनका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएकोमा विरोध गरे ।

एमालेका महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपालले नयाँ पार्टी खोलेर कम्युनिष्ट आन्दोलनलाई धोका दिएको बताए । पार्टीका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले विशेष क्षेत्रका कार्यकर्ताले विशेष ढङ्गले काम गरेर भूगोलको राजनीतिक कामलाई पनि सघाउनुपर्ने बताए ।