काठमाण्डु – पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दुई पटक गरेको प्रतिनिधिसभा विघटन ठिक रहेको भन्दै बचाउ गरेका छन् ।
आइतबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले संसद् विघटन ठिक रहेको दावी गरेका हुन् ।
बैठकमा केही केन्द्रीय सदस्यहरुले संसद् विघटन गलत रहेको टिप्पणी गरेका थिए । उक्त विषयमा जवाफ दिँदै ओलीले संसद्ले काम नगर्न नसकेकाले ताजा जनादेशमा जाने निर्णय गरिएको भन्दै अहिले पनि संसद्ले काम गर्न नसकेकाले आफूले गरेको निर्णय ठिक रहेको बताए ।




प्रतिक्रिया