पार्टीको इज्जत लुट्ने गए, बल्ल पार्टी राम्रो भयोः एमाले अध्यक्ष ओली

पार्टीको इज्जत लुट्ने गए, बल्ल पार्टी राम्रो भयोः एमाले अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) अध्यक्ष केपी ओलीले पार्टीको बेइज्यत गर्ने र हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको दाबी गरेका छन् ।

देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहाल पार्टीवाट अलग्गिएपछि पार्टी थप शसक्त भएको दाबी गरेका हुन् ।

‘पार्टीको बेइज्यत गर्नेहरु गइसके अव पार्टी शुद्धिकरण भयो । पार्टीलाई सरकारवाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र वाह्य साँठगाँठ को निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि वढेको छ,’ उनले भने ।

अध्यक्ष ओलीले लोकतान्त्रिक भनिएको पार्टी (कांग्रेस)ले समेत अधिवेशन गर्न नसकेको भन्दै एमाले उन्नत पार्टी भएको बताए ।