अग्नि सापकोटाका लागि सिन्धुपाल्चोकबाटै सिंहदरबारको ढोका बन्द गर्नुपर्छ : ओली

अग्नि सापकोटाका लागि सिन्धुपाल्चोकबाटै सिंहदरबारको ढोका बन्द गर्नुपर्छ : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नी प्रसाद सपकोटाका संसदीय प्रणालीको लागि कलंक भएको बताएका छन् ।

शनिबार एमाले सिन्धुपाल्चोक–काठमाण्डु सम्पर्कमा मञ्चको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अग्नि सापकोटा संसदीय प्रणालीको लागि कलंक भएको भन्दै उनको लागि सिन्धुपाल्चोकबाटै सिंहदरबारको ढोका बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले सभामुखमाथि पदीय गरिमा र संवैधानिक दायित्व बिर्सेर प्रचण्डको धक्का र महाविपत्तिको लाइनमा उभिएको आरोप लगाए । ‘एमालेविरुद्ध निर्लज्ज षडयन्त्र गर्ने र पार्टी फुटाउन मतियारी गर्ने, संवैधानिक परिषद्का बैठकमा अनुपस्थित हुने अग्नि सापकोटा संसदीय प्रणालीका कलंक हुन । अब यीनले संसदमा पाइला टेक्न पाउनुहुँदैन,’ उनले भने ।

अध्यक्ष ओलीले प्रचण्डको नीति नै धक्का, छलाङ र महाविपत्ति रहेको भन्दै ओलीले एमालेमा ल्याएर सुधार्न सकिन्छ कि भन्दा आफू असफल भएको बताए । उनले लिम्पियाधुरा समेटेर आफ्नो सरकारले देशको नक्सा जारी गरेपछि आफूविरुद्ध प्रचण्ड–माधवले कांग्रेस र विदेशीसँग साँठगाँठ थालेको दावी गरे ।

उनले भने, ‘जब नक्सा छापियो, यिनको मुटुमात्र होइन सिंगै छाति चिरियो, कलेजो फोक्सो फुत्त बाहिरि निस्कियो । केपी ओलीले बाह्य सम्बन्ध बिगार्यो भने । त्यसो भए । हाम्रो जमिन छाडेर सम्बन्ध सुधार्ने ? हामीले नक्सा छाप्दा सम्बन्ध बिगार्यो भन्नेहरु लेण्डुप दोर्जे मानसिकताका हुन् । तिनै व्यक्ति केपी ओलीलाई हटाएर हामी कम्फरटेबल सरकार बनाउँछौ भन्दै हामीलाई देऊ भनेर लम्पसार परे ।’