एमालेप्रति जनलहर बढ्यो : अध्यक्ष ओली

एमालेप्रति जनलहर बढ्यो : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रति जनताको आकर्षण दिनानुदिन बढ्दै गएको दाबी गरेका छन् । नेपालगञ्जमा आज आयोजित एमालेको बृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको काम र एमालेको नीति विचारको आधारमा पार्टीप्रति जनलहर बढेको दाबी गरेका हुन् ।

‘एमाले सम्पूर्ण जनताको साझा पार्टी भएकाले सही विश्लेषण र निष्कर्षका साथसाथ साथीहरू पार्टी प्रवेश गर्नुभएको छ’, उनले भने, ‘एमाले प्रादेशिक/जातीय पार्टी होइन, देश बनाउने पार्टी हो अबको निर्वाचनमा एमालेको आफ्नै सुदृढ बहुमत हुनेछ ।’

आफू प्रधानमन्त्री हुँदा विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्दै उनले आफ्नै पालामा नेपाल तीव्र ढङ्गले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको दाबी गरे ।