कांग्रेसबाहेक फुच्चे दलहरुले गठबन्धन चुनावसम्मै लान्छु भनिरहेका छन् : ओली

कांग्रेसबाहेक फुच्चे दलहरुले गठबन्धन चुनावसम्मै लान्छु भनिरहेका छन् : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सबै भन्दा बलियो भएको बताएका छन् । शनिबार नेपाल संवत् ११४२ का अवसरमा एमालेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा आफ्नो पार्टीसँग लड्न  १० वटा दल आएपनि नसक्ने बताएका हुन् । कांग्रेसबाहेकका दलहरूले मात्र गठबन्धन चुनावसम्मै लग्ने कुरा गरेको समेत ओलीले बताए ।

‘अहिले पाँच दलीय गठबन्धन भनिरहेका छन् नि । त्यस्तो १० दल आए पनि हामीलाई सक्दैन । तिनीहरूले चुनावसम्मै गठबन्धन लान्छौं भनिरहेका छन्।’, उनले भने, ‘कांग्रेसले भनेको सुनेको छैन । अरू फुच्चे दलहरूले भनिरहेका छन् ।’ त्यसैगरी अध्यक्ष ओलीले आगामी चुनावमा एक्लै लड्ने समेत दाबी गरे ।

‘केहीले अहिले कांग्रेसको औँला समातेर हिँडिरहेको छ । थाहा छैन कांग्रेसले कहिलेसम्म औँला दिन्छ । एमाले एक्लै चुनाव लड्छ आफै जित्छ । जनताले देखेका छन् अहिले फोहोर पन्छिएको सुदृढ एमाले बनेको छ ।’ ओलीले भने ।