काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सबैभन्दा ठुलो पार्टी भएको दाबी गरेका छन् । पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यसअघि जनादेशका लागि जान खोज्दा रोकिएको स्मरण गरे । अरू राजनीतिक शक्तिहरूले जनतामा जान डराएर चुनाव रोकेको उनको टिप्पणी थियो ।
यस्तै उनले संसदबाट बन्नुपर्ने सरकार अदालतको परमादेश बाट बनेको बताए । ओलीले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत आवश्यक रहेको बताएका छन् । ‘संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्छ,’ ओलीले भने । ओलीले पञ्चायत शासन हटाउनेदेखि राजा फाल्ने सम्मका आन्दोलनमा एमालेले वैचारीक र व्यावहारी ढंगले योगदान गरेको बताए ।




प्रतिक्रिया