एमालेका लागि हैन देश विकास गर्न बहुमत दिनुस् : अध्यक्ष ओली

एमालेका लागि हैन देश विकास गर्न बहुमत दिनुस् : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्नको लागि आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन् । पार्टीको १०औं महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए ।

‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ’ ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे ।

त्यसैगरी अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । ‘प्रधानमन्त्रीज्यू यहाँ आएर नेपाली कांग्रेसको तर्फबाट एमालेको महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिनुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ ओलीले भने ।