काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको अस्पताल बसाइपछि उपचारमा २ लाख ५४ हजार ६८८ रुपैयाँ खर्च लागेको छ । प्रधानमन्त्री ओली बिहीबार डिस्चार्ज भएका छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको उपचारमा २ लाख ५४ हजार ६८८ रुपैयाँ लागेको जानकारी दिए ।
मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस अपरेशन गरिएको थियो ।




प्रतिक्रिया