एमालेका सबै संगठनहरुलाई तत्काल अधिवेशन गर्न ओलीको निर्देशन

एमालेका सबै संगठनहरुलाई तत्काल अधिवेशन गर्न ओलीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जनवर्गीय संगठनहरुलाई तत्काल अधिवेशन गर्न निर्देशन दिएका छन् ।

शनिबार भक्तपुरमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनसंगठनहरु अधिवेशनबिना मनोनित पदाधिकारीबाट चलिरहेको भन्दै तत्काल सबै संगठनका अधिवेशन आयोजना गर्न निर्देशन दिएका हुन् ।

‘अब जनसंगठनहरु अधिवेशनबिना निरन्तर रहन सक्दैनन् । अहिले पार्टीका अधिकांश जनसंगठनहरु अधिवेशन बिनाको नेतृत्वबाट आएका छन् । अब यसरी हुँदैन, तत्काल अधिवेशन गर्नुस्’, उनले भने ।