प्रचण्ड एण्ड माकुने कम्पनीले देशमा अस्थिरता निम्त्याए : एमाले अध्यक्ष ओली

प्रचण्ड एण्ड माकुने कम्पनीले देशमा अस्थिरता निम्त्याए : एमाले अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले धर्तीलाई मनवोचित बनाउनु पर्ने बताएका छन् । केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले धर्तीलाई मनवोचित बनाउन आफ्नै देशबाट सुरुवात गर्नुपर्ने बताएका हुन् ।

यसका लागि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । तर, देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको भन्दै उनले यसलाई रोक्नुपर्ने बताए । एमाले समुद्र भएको बताउँदै ओलीले सबैको चित्त बुझाउन नसकिएको पनि उल्लेख गरेका छन् ।

‘हामीले महाधिवेशनबाट ठूलो विचार प्रवाह गरेका छौँ । देशलाई नै सन्देश दिएका छौँ’, उनले भनेका छन्, ‘अत्यन्तै प्रशोधित रुमपा हाम्रा विचार कार्यान्वयन गर्छौँ । बरु गाडीको ब्रेक फेल हुन्छ, तर एमालेको विचारको ब्रेक फेल हुँदैन । हामी विचारमा बलिया र अगाडि पनि छौँ ।’

ओलीले आफूहरुको काम देश बनाउने भएको बताउँदै यो पटक छुटेका र भीम रावलसहितका असन्तुष्ट नेताहरुलाई सानो मन नबनाउन र चित्त नदुखाउन पनि आग्रह गरे ।

‘न्याय भइराख्या हुन्छ, मान्छेलाई न्याय भएन भन्ने लाग्न सक्छ,’ ओलीले भने, ‘चित्त छ, त्यसैकारण बुझ्दैन होला । चित्त भन्ने चिज न छाम्दा भेटिन्छ, न इन्डोस्कोपी गर्दा भेटिन्छ, फेरि चित्तले भाँडभैलो मच्चाउँछ ।’

यस्तै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अस्थिरताको संवाहक भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले अस्थिरताको संवाहक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि भएको दाबी गरे ।

‘अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय छन् । ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबैभन्दा बढी अस्थिरताका संवाहक तत्वहरु यिनीहरु नै हुन्, ’, उनले भने, ‘कुनै भ्रम राख्नु पर्दैन र यस्ता अस्थिरताका शक्तिहरुसँग एकता गरेर कहीँ पुगिन्छ ? तिनका कनेक्सन कहाँ छ, त्यो हामीले देखेका छौँ ।’