प्रचण्डलाई ओलीको जवाफः महाधिवेशनमा आउन भ्याउँदिन, शंकरजी आउनुहुन्छ

प्रचण्डलाई ओलीको जवाफः महाधिवेशनमा आउन भ्याउँदिन, शंकरजी आउनुहुन्छ


काठमाण्डु – नेकपा माओवादी केन्द्रको महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । आज ३ बजे उद्घाटन हुने कार्यक्रमका लागि एमाले अध्यक्ष ओलीलाई बोलाइएको थियो । तर, ओली काठमाण्डु बाहिर भएकाले उपस्थित नहुने भएका हुन् ।

एमाले अध्यक्ष ओली काठमाण्डु बाहिर भएकाले उद्घाटन सत्रमा सहभागी हुन नसक्ने र एमालेका तर्फबाट महासचिव शंकर पोखरेल आउने जवाफ दिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

स्थायी कमिटीबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीले उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत ११ दललाई निमन्त्रणा गरेको छ ।