माओवादीले इमान जमान गुमाइसक्यो : अध्यक्ष ओली

माओवादीले इमान जमान गुमाइसक्यो : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्र इमान गुमाएकै कारण सत्तामा बसिरहेको टिप्पणी गरेका छन् । आज स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुगेको बताए ।

राजनीति इमान र जमान गुमाएपछि जहिल्यै पनि सत्तामा बस्न पाइने उनले बताएका छन् । फरक प्रसंगमा उनले नेपालमा वृक्षारोपण आवश्यक नभएको तर्क गरेका छन् । बिरूवाहरू आफैं उम्रिने र तिनलाई नमासिदिए मात्रै पनि पर्याप्त हुने उनको भनाइ थियो। ओलीले वृक्षारोपण कार्यक्रम थोरै पर्यवारण र आम्दानी भए पनि धेरै तामासा भएको टीप्पणी गरेका छन् । उनले वृक्षारोपणले खर्च बढाउने काम गरेको बताए ।