काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र पदाधिकारीहरुलाई सम्मान गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले उनीहरुलाई बुधबार दिउँसो सवा २ बजे बालुवाटार बोलाएका छन् । सो अवसरमा प्रधानमन्त्रीले खेलाडीहरुलाई सम्बोधन गर्ने र प्रोत्साहनस्वरुप पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
साग प्रतियोगितामा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै नेपाल दोस्रो भएको छ । प्रधानमन्त्री ओलीले सागको समापन समारोहको दिन मंगलबार भिडियो सन्देशमार्फत् खेलाडीहरुलाई बधाई दिएका थिए ।




प्रतिक्रिया