महाअभियोगबारे आवेश र उत्तेजनामा निर्णय लिँदैनौं : एमाले अध्यक्ष ओली

महाअभियोगबारे आवेश र उत्तेजनामा निर्णय लिँदैनौं : एमाले अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग चुनाव नगराउने षडयन्त्र भएको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा जारी एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचन नगराउने यस अघिका प्रयासहरु विफल भएपछि अर्को अस्त्र प्रहार गरिएको बताएका हुन् ।

सरकारले प्रमुख प्रतिपक्षी दलसँग् छलफलनै नगरी छापामार शैलीमा आइतबार प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको थियो । यसअघि स्थानीय तहको निर्वाचन सार्नका लागि सर्वोच्चमा रिट परेको भए पनि त्यो दरपीठ गरेको उल्लेख गर्दै ओलीले सत्ता गठबन्धनले चुनाव सार्नका लागि अर्को तरिका अपनाएको आरोप लगाए ।

अध्यक्ष ओलीले लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिने भन्दै महाअभियोगबारे आवेश र उत्तेजनामा निर्णय नलिने बताए ।