सर्वोच्च अदालतमा कसैले नपत्याउने गोरु ब्यायो : अध्यक्ष ओली

सर्वोच्च अदालतमा कसैले नपत्याउने गोरु ब्यायो : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गोरु ब्याएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गरेका हुन् ।

पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ, एउटा इमेल आउँछ । अमेरिकाबाटै इमेल आउँछ । केपी ओलीको सरकार ढाल्नु नै थियो । नढाली भएको थिएन, किन ? न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? वर्गीय पूर्वाग्रह, दुराग्रह र विकास विरोधीको एउटा षड्यन्त्रको हिस्सेदार भएर सरकार ढाल्ने काम भएको थियो ।’

संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै उनले अदालतले सरकार बनाउने बताए । ‘संविधान बाहिर गएर सरकार ढालियो,’ उनले भने, ‘ संविधान बाहिर गएर जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छौँ । संसदले सरकार बनाउने र भत्काउने गर्छ । संसद र जनप्रतिनिधिको काम हो । अदालतको होइन । तर, नेपालमा, एकपल्ट एकजनाले भनेका थिए, गोरु ब्याउँदैन भन्थे, सर्वोच्च अदालतमा गोरु ब्यायो, । अहिले गोरु ब्यायो मात्र होइन, पाँचवटा बाच्छा पायो ।’