अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगरे पछार्ने हो : अध्यक्ष ओली

अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगरे पछार्ने हो : अध्यक्ष ओली

एमालेले टाँसिदिएको जुँगामा माधव नेपालले ताउ लगाइरहेका छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्ने बताएका छन् । शनिबार नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्वारा काठमाण्डुमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालको गठबन्धनलाई चुनावमा जनताको आँगनमा लगेर पछार्ने बताएका हुन् ।

उनले भने, ‘यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले बनाइदिएको गठबन्धन हो र ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ।’ अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाऊ भन्ने र आफूहरू जनताको बीचमा जाने उनले दावी गरे ।  माओवादी केन्द्रको अहिलेको हैसियत एमालेले बनाइदिएको उनले बताए ।

‘प्रचण्डजी तपाईं हामीले बनाइदिएको भाँडो हेरेर बसिरहनुभएको छ । त्यसभित्रको त सकिसकेको छ । मेयर उपमेयरदेखि जनप्रतिनिधि र नेताहरू एमालेमा प्रवेश गरेको लस्कर देख्नुभएको छैन ?’ अध्यक्ष ओलीले भने । त्यसैगरी उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अझै दल बन्न नसकेको बताए । ‘अर्को पार्टी बनेको छैन, बन्दैबन्दैन । ’ उनले भने, ‘माधव नेपाल हामीले टाँसी दिएका जुँगामा ताउ लगाइरहेका छन्’

नेपाली कांग्रेस अहिले पनि कमजोर रहेको उनले दावी गरे । ‘अघिल्लो चुनावमा २३ सिटमा झारेका थियौं, यो पटक कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ,’ ओलीले भने।