ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै

ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको इजलासमा मुद्दाको पेसी तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरूले प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ हुँदा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भन्दै विस्तार गर्ने निर्णय खारेज गर्न माग गरेका थिए ।

मन्त्रिपरिषद् विस्तार गर्ने ओली हाल विपक्षी दलका नेता हुन । तर, मुद्दाको टुंगो लागेको छैन । ओलीले प्रतिनिधिसभा विघटन गरेको तीन दिनपछि १० पुस,२०७७ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।