एमालेले तोक्यो वडादेखि केन्द्रसम्मका नेताको जिम्मेवारी,को-कहाँ खटिने ? (सूचीसहित)

एमालेले तोक्यो वडादेखि केन्द्रसम्मका नेताको जिम्मेवारी,को-कहाँ खटिने ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरुलाई आफू सम्बद्ध जिल्लामा निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय कमिटीको जारी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले नेताहरुलाई भूगोलबाहेक गैरभौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरु को कहाँ खटिने भन्नेबारे किटान गरेरै निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

त्यस्तै गैरसरकारी संस्थाका इन्चार्ज पार्वत गुरुङ अब चुनाव अवधिभर दोलखामा खटिनुपर्नेछ भने अनेरास्ववियुका इन्चार्ज माधव ढुंगेल रामेछापमा गएर खटिनु पर्नेछ ।

त्यसैगरी प्रदेश कमिटीका सबै सदस्यहरु आफू जुन जिल्लाको जुन पालिकाको मतदाता हो सोही पालिकामा गएर खटिनुपर्नेछ भने जिल्ला कमिटीका सदिस्यहरु आफ्नो वडामा गएर खटिनुपर्ने ओलीले निर्देशन दिएका छन् ।

वडा कमिटीका सबै सदस्यहरु आफू रहेको टोलमा खटिनुपर्नेछ भने टोल कमिटीका सदस्यहरु घरधुरी बाँडेर निर्वाचन तयारीको काममा केन्द्रित हुनुपर्ने ओलीले जनाएका छन् ।

चुनावमा को-कहाँ खटिन्छन् ?

अध्यक्ष ओलीले बैठकमा पेश गरेको प्रतिवेदनअनुसार केन्द्रीय कमिटी सदस्य – जिल्लामा, प्रदेश कमिटी सदस्य – पालिकामा, जिल्ला कमिटी सदस्य – वडामा,  वडा कमिटी सदस्य – टोल टोलमा, टोल कमिटी सदस्य – घर धुरीहरुमा, सम्पर्क मन्च सदस्य – पालिकामा खटिनेछन् ।