कपिलवस्तु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैसाखी टेकेर एमालेसँग लड्न नसकिने बताएका छन् । उनले गठबन्धनप्रति लक्षित गर्दै बैसाखी टेकेर मात्र होइन सबै मिलेर आए पनि एमालेलाई हराउन नसक्ने दाबी गरे ।
एमाले कपिलवस्तुले सोमबार आयोजना गरेको पार्टी प्रवेश तथा वृहत् जनसभामा बोल्दै अध्यक्ष ओलीले बलियो साँढे नेपाली काँग्रेसले बैसाखी टेकेर दायाँ र वाँया गरेको बताए ।
उनले एमालेले जिते मात्र राष्ट्र समृद्ध हुने दाबी गरे । सम्बोधन गर्दै नेता ओलीले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकासले मुलुकमा परिवर्तन आउने बताए । अध्यक्ष ओलीले एमालेले देशलाई डिजिटल आधुनिक नेपाल निर्माण गर्ने दाबी गरे ।
उनले धेरै समय आफ्नो कार्यकालमा भएका काम को चर्चा गरेका थिए । उनले प्रधानमन्त्री हुँदा विकासको लहर चलेको बताउँदै हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमान स्थल, देशमा तुइन विस्थापन जस्ता देश विकासको योजना आफ्नो पालामा भएको दाबी गरे ।




प्रतिक्रिया