माधव नेपालप्रति ओलीको कटाक्ष: वरिष्ठ नेता भन्दा अपमान भयाे, कांग्रेसले छि-छि गर्दा भएन

माधव नेपालप्रति ओलीको कटाक्ष: वरिष्ठ नेता भन्दा अपमान भयाे, कांग्रेसले छि-छि गर्दा भएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि अपमान भएन भन्दै कटाक्ष गरेका छन् ।

मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले एमालेमा रहँदा अपमान भएको महसुस गर्ने माधव नेपाल अहिले चरम अपमान भोगिरहेको बताएका हुन् ।

‘एमालेमा बस्दा सधैँ सम्मानजनक रूपमा वरिष्ठ नेता भन्दा माधव नेपाललाई अपमान भो,’ उनले भने,‘अहिले कांग्रेसमा छि–छि दूर–दूर गर्या छन् । तर अहिले माधव नेपाललाई अपमान भएको छैन् । ’

त्यसैगरी ओलीले नेकपा एमाले सिंगल बामपन्थी भएको बताएका छन् । ‘भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हो । कांग्रेसको पछाडि पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन् । आन्दोलनका पछाडि लाग्ने वामपन्थी । एमाले वामपन्थी हो । वामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन् ।

हामी कोही झुक्किनु पर्ने अवस्था छैन् ।’ ओलीले भने । माओवादी केन्द्रको भाँडो रित्तो भइसकेको उनको टिप्पणी थियो । ‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन् । माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरूले केन्द्र भनेका छन् । दुई चार जना नेता छन्, अधिकांशले छोडिसके।’ ओलीले भने ।