काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत वार्ता भएको जानकारी दिएका हुन् ।
‘आज बिहान भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो । हामीले नयाँ बर्ष २०२० को शुभकामना आदान–प्रदान गर्यौं । दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको निष्कर्ष निकाल्यौँ’, ओलीले ट्विटमा लेखेका छन् ।
ओलीले बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा आफूहरुले विश्वास व्यक्त गरेको उल्लेख गरेका छन् ।
‘मैले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको लागि पुनः आग्रह गरेँ’, प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन् ।





प्रतिक्रिया