चुनावपछि बहुमतका साथ एमाले फेरि सत्तामा फर्कन्छ : अध्यक्ष ओली

चुनावपछि बहुमतका साथ एमाले फेरि सत्तामा फर्कन्छ : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् ।

घलेगाउँमा शुक्रबार ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्षमा बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे ।

‘एमालेलाई जालझेल गरेर प्रतिपक्षमा पुर्याइयो । हामी अहिले एकछिनका लागि प्रतिपक्षमा छौं । चुनावपछि बहुमतका साथ एमाले फेरी सत्तामा आउँछ,’ उनले भने ।

एमालेले जनताको चाहाना बुझेको भन्दै उनले समृद्धिका लागि एमाले अग्रसर रहेको धारणा व्यक्त गरे ।