केपी ओलीको टिप्पणी : कठै ! माधव नेपालले एमाले सिध्याउने रे

केपी ओलीको टिप्पणी : कठै ! माधव नेपालले एमाले सिध्याउने रे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेसले खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् ।

एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् ।
‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो । कांग्रेसले अलच्छिनजति बोकेर हिँडेको छ । कोही हाप्सिलोजस्ता छन् । कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ?’, उनले भने ।

 त्यस्तै उनले पाँच दलीय गठबन्धनको सिद्धान्त नै एमाले र केपी ओली सिध्याउने रहेको भन्दै पाँचले मात्र नसक्ने भएर राजावादी राप्रपालाई समेत बोकेर ६ दलीय गठबन्धन बनाइएको टिप्पणी गरे ।

‘यिनीहरू पाँच दलले नसकेर मेरै गृहजिल्लामा राप्रपालाई मेयर दिएर जाने भएछन् । ६ दलीय गठबन्धनको उद्देश्य के त भन्दा एमाले सिध्याउने, केपी ओली सिध्याउने । माधव नेपालले भाषण गरेको सुनेँ एमालेको पत्तासाफ हुन्छ । एमालेलाई सिध्याइदिन्छु । बिचरा माधव नेपालले एमाले सिध्याउने,’ उनले व्यंग्य गर्दै भने । साथै गठबन्धनसँगै कांग्रेस पनि सकिने ओलीको दाबी छ ।