अमेरिकी उपविदेशमन्त्री तिब्बती शरणार्थी शिविरभित्र गएकोप्रति एमालेको आपत्ति

अमेरिकी उपविदेशमन्त्री तिब्बती शरणार्थी शिविरभित्र गएकोप्रति एमालेको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपमन्त्री तिब्बती शरणार्थी शिविर छिरेकोप्रति आपत्ति जनाएका छन् ।

बुधबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै नेपाल भ्रमण सकेर फर्किएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियालाई नेपालको परराष्ट्र नीतिविपरित तिब्बती शरणार्थी शिविरमा जान दिइएको भन्दै आपत्ति जनाएका हुन् । उनले सरकार एक चीन नीतिबाट बरालिन खोजेको आशंका गरेका छन् ।

‘परराष्ट्र नीतिका स्थापित मूल्य मान्यता छन् त्यसको खण्डित गर्ने काम भयो । एउटा कुनै देशको भूभागको मामिला हेर्ने मन्त्रीलाई जावलाखेल, महाबौद्ध गुम्बामा प्रहरीको स्कर्टिङमा घुमाउने कुरा अन्यत्न आपत्तिजनक कुरा हो । नेपालको असंलग्न परराष्ट्र नीतिमा राष्ट्रिय हित, अहस्तक्षेप र कुनै पनि देशको मामिलामा असंलग्न रहने भन्ने छ । तिब्बती शरणार्थीको क्यापमा जान दिएर जुन प्रकारको उक्साउने काम गरियो त्यसमा सरकारको नियतमाथि शंका छ । कुनै देशका विरुद्ध नेपाली भूमिलाई प्रयोग गर्न दिनु गलत हो,’ अध्यक्ष ओलीको भनाई उदृत गर्दै एक सांसदले भने ।

ओलीले विदेश नीतिमा सरकार परनिर्भर हुन थालेको भन्दै नेपालले आफ्नो निर्णय आफैं गर्न पाउनेगरि आफूले स्थापित गरेका मान्यतामाथि देउवा सरकारले धावा बोलेको बताए । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पनि अमेरिकी उपमन्त्रीले तिब्बती शरणार्थी भेटेकोबारे बैठकमा कुरा उठेको बताए ।