भोट पाउनकै लागि मतदाताको अपहरण र हत्या गरे : एमाले अध्यक्ष ओली


काठमाण्डु – काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले भोट पाउनका लागि मतदाताको हत्या गरिएको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भोट पाउनकै लागि रुकुममा आफ्ना कार्यकर्तालाई मारेको बताएका हुन् ।

‘निर्वाचनमा रुकुममा भोट पाउन मतदाताको हत्या गरियो । मतदाता अपहरण गर्ने, हत्या गर्ने र लगेर वनमा फाल्ने जस्ता काम गरियो,’ उनले भने ।

ओलीले हुम्लामा मतदान भइसकेपछि आँगनमा बसेको कार्यकर्ताको बुवालाई हमला गरिएको बताए । ‘हुम्लामा मतदान भइसकेपछि मतगणनाको सन्दर्भमा राजनीतिक कार्यकर्ता घरमा आएर बसे र कार्यकर्ताको बाबु आँगनमा बसेको अवस्थामा हमला गरियो,’ उनले भने ।

उनले सरकारको नीति तथा कार्यक्रममा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएकोप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement