सिसिटिभी फुटेज गायव प्रकरण : संसदमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

सिसिटिभी फुटेज गायव प्रकरण : संसदमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार संसदमा सम्बोधन गर्ने भएका छन् ।

आजको संसद बैठकमा अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता आफ्ना पालामा भएको भनेर सत्तापक्षले छरेको भ्रमलाई अध्यक्ष ओलीले स्पष्ट पर्ने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

यस्तै अर्थ मन्त्रालयबाट बजेटका सुचना चुहाइएको सिसिटिभी फुटेज मेटाइएको विषय र अन्य समसामयिक राजनीतिक परिस्थितीका बारेमा पनि अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्ने भएको छ ।