काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई हुति नभएको प्रधानमन्त्री भएको आरोप लगाएका छन् ।
शुक्रबार छवि कार्कीको १२ औं स्मृतिसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउनै नसक्ने ठोकुवा गरे ।
‘काँग्रेस त निरीह नै हो, बोल्नै नसक्ने भयो । मन्त्रीले जे गरे पनि काँग्रेस त हेरेको हे¥यै । काँग्रेसको हुती नै छैन । दम नै छैन, यसपटक पनि मन्त्रीले आफैं राजीनामा दिएर हो, प्रधानमन्त्रीसँग मन्त्री निकाल्ने हुती छैन,’ उनले भने ।
त्यस्तै उनले जनआन्दोलन २ को अन्तिम दिन बैशाख ११ मा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्वोधनको ड्राफ्ट आफूले तयार गरेको दावी गरे ।




प्रतिक्रिया