काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्युतीय माइक्रो बस चढेर पार्टी कार्यालय पुगेका छन् ।
अध्यक्ष ओली मंगलबार दिउँसो आफ्नो गाडीमा नभई विद्युतीय माइक्रो बस चडेर ललितपुरको च्यासलस्थित पार्टी कार्यालय पुगेका हुन् । ओली माइक्रो बसबाट ओर्लिंदा पार्टी कार्यालयमा रहेका नेता–कार्यकर्ता र कर्मचारी एकछिन आश्चर्य चकित बनेका थिए ।
बालकोटमा सगरमाथा आरोही युवा संघकी नेतृ युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गर्ने कार्यम्रममा राखिएको थियो । सोही कार्यक्रममा सहभागी लिन आएको माइक्रोबसमा चढेर उनी कार्यालय पुगेका हुन् । उनको सेतो कलरको जीप भने माइक्रो पछि पछि आयरहेको थियो ।




प्रतिक्रिया