एमालेसँग डराएर गठबन्धनको संख्या बढाईंदैछ : केपी ओली

एमालेसँग डराएर गठबन्धनको संख्या बढाईंदैछ : केपी ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग डराएर सत्ता गठबन्धनले आगामी चुनावमा तालमेलको संख्या बढाउन लागेको बताएका छन् ।

केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले पाएको लोकप्रिय मतसँग डराएर सत्ता गठबन्धनले तालमेलको संख्या बढाउन लागेको बताएका हुन् ।

‘स्थानीय चुनावमा एमालेले प्राप्त गरेको मतसँग तर्सिएर अहिले गठबन्धनको संख्या थप्दैछन्। सात पुगिसक्यो अझै कति र्पुयाउने हुन्। पाँच दल एमालेसँग एक्लै लड्न डराएर संख्या थप्दैछ। तर एमाले एक्लै पनि सफल हुन्छ भन्ने आत्मविश्वास राखेर चुनावमा जान्छ,’ प्रतिवेदन पेश गर्दै ओलीले भनेका छन्।

पाँच दलीय गठबन्धनले मुलुकमा संकट पैदा गरेको उनको प्रतिवेदनमा उल्लेख छ। गठबन्धनले निम्त्याएको निराशालाई चिर्न एमालेले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

‘राष्ट्रिय राजनीतिलाई गलत दिशामा जानबाट रोक्न र राष्ट्रहितको रक्षा, लोकतन्त्रको सुदृढिकरण, समृद्धिको अभियानको निरन्तरताका साथै जनतामा बढ्न थालेको नैराश्य र हताशालाई चिर्दै उज्ज्वल भविष्यको आशावाद निर्माण गर्न पार्टीले निर्णायक भूमिका खेल्न जरूरी छ,’ प्रतिवेदनमा भनिएको छ।