देउवालाई ओलीको खुला चुनौती- चुनाव केन्द्रित एजेण्डामा बहस गर्न तयार हो ?

देउवालाई ओलीको खुला चुनौती- चुनाव केन्द्रित एजेण्डामा बहस गर्न तयार हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई  ‘लाइभ डिबेट’ मा आउन चुनौती दिएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई चुनाव केन्द्रीत बहसमा आउन ‘लाइभ डिबेट’ को खुला चुनौती दिएका हुन् ।

उनले भनेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’ मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेकाँका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ ।’

पश्चिमा देशरुमा निर्वाचनको समयमा लाइभ डिबेट हुने बताउँदै अध्यक्ष ओलीले ‘म त यसका लागि तयार छु, देउवाजी नि ? भन्दै सोधेका छन् ।

निर्वाचन नजिकिदै गइरहेका बेला सामाजिक सञ्जालमा पछिल्लो समय देउवा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच चुनावी बहस हुनुपर्ने आवाज उठ्न थालेका छन् ।