काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि एक लाख ७१ हजार जना बढीले नाम र नम्बर टिपाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत दुई दिनमा १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको जानकारी दिएका हुन् ।
‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ । यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद। धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि?’अध्यक्ष ओलीले लेखेका छन् ।
ओलीले आफूसँग कात्तिक ४ गते कुराकानी गर्नका लागि नाम र नम्बर आफ्नो फेसबुक पेजमा पठाउन बुधबार सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए । सोही दिन उनले राष्ट्रिय सभागृहमा आदिवासी जनजाति समुदायका बस्तुस्थितीबारे अन्तरक्रिया गर्नेछन् ।




प्रतिक्रिया