‘लाइभ डिबेट’ गरौँ भन्दा सत्ता गठबन्धनका नेताको भागा-भाग भयो: अध्यक्ष ओली 

‘लाइभ डिबेट’ गरौँ भन्दा सत्ता गठबन्धनका नेताको भागा-भाग भयो: अध्यक्ष ओली 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले सार्वजनिक बहस (लाइभ डिबेट) गर्न आह्वान गर्दा सत्ता गठबन्धनका नेताहरू भागेको बताएका छन् ।

बिहीबार गृहजिल्ला झापाको सुरुङ्गामा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका नेताहरूसँग बहस गर्ने एजेन्डा नभएकाले ‘लाइभ डिबेट’ नगरेको दावी गरेका हुन् ।  उनले देशका लागि के गर्ने भनेर गठबन्धनका नेतासँग बहस गर्न आफू तयार भएको बताए । 

‘देशका लागि के गर्ने भनेर गठबन्धनका नेतासँग बहस गर्न चाहन्छु। सार्वजनिक बहस गरौँ। एमाले के गर्न चाहान्छ म भन्छु, गठबन्धन के गर्न चाहन्छ तपाईँहरू भन्नुहोस्, सँगै बसेर छलफल गरौँ भनेको उहाँहरूको भागा भाग भयो । बहस गर्न तयार हुनुभएन । किनभने उहाँहरूसँग बहस गर्ने एजेन्डा नै छैन।’, उनले भने । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कात्तिक १ गते प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन आग्रह गरेका थिए ।  त्यसैगरी ओलीले हालको सत्ता गठबन्धन देश बिगार्न बनको आरोप लगाएका छन् ।