मौन अवधिमा फुर्सदिला ओली


काठमाण्डु – आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अघि यतिबेला स्थिर समय जारी रहेको छ । स्थिर समयमा राजनीतिक दलहरूले प्रचारप्रसार गर्न नपाउने भएपछि नेताहरू फुर्सदिला बनेका छन् ।

निर्वाचनको प्रचार अभियानमा देश दौडाहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि लामो समयपछि फुर्सदिला बनेका छन् । सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै उनले फुर्सदको समयमा पत्नी राधिका शाक्यलाई भान्सामा साग केलाउन सघाएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement