अब दलहरुको मोलतोल र सांसदको भाउ कसेर किनबेच चल्ने भयो : केपी ओली


काठमाण्डु – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले फेरि पनि मुलुक र जनताको लागि काम गर्न नसक्ने बताएका छन्।

झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा विजयी भएका ओलीले निर्वाचित भएको प्रमाणपत्र लिँदै ‘अब बन्ने सरकारले जनता र मुलुकको विकासको काम गर्न नसक्ने बताएका हुन् ।

‘बहुमतको सरकार नबन्ने भएपछि दलहरु आफ्नो सरकार जोगाउन सांसदको मोलतोल, लेनदेन र भागबण्डामै लाग्दा ठिक्क हुन्छ।’अध्यक्ष ओलीले राजनीति गम्भीर विषय भएकाले यसलाई रमाइलोको रुपमा नलिन आग्रह गरे। उनले राजनीतिमा युवाको आकर्षण नभएको भन्ने भनाई निर्वाचनको मतपरिणामले गलत साबित गरिदिएको समेत बताए।

‘निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ। मुलुकले एउटा दिशा पाउँछ भन्ने आशा थियो। तर, त्यसो भएन,’ उनले भने, ‘अहिलेसम्मको परिणामले कुनै पनि दलको बहुमत नपुग्ने भयो । यसले निर्वाचनपछिको सरकार बनाउनै मुस्किल हुने अवस्था छ। फेरि पनि सुरुदेखि नै दलहरुको मोलतोल र सांसदहरुको भाउ कसेर किनबेच चल्ने भयो।’

प्रतिक्रिया दिनुहोस
Advertisement