अमेरिकी फ्रिडम पार्टी जस्तै भएकाे घण्टीको उदय रहस्यमय छ: अध्यक्ष ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुको पछाडी केही रहस्य लुकेको बताएका छन् । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उनले अमेरिकामा रहेको पार्टीको दुरुस्तै रास्वपा रहेको दावी गरेका हुन् ।

‘अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ । फ्रिडम पार्टी भनेको छ, संयोग नै होला ।’, उनले भने ।

त्यस्तै अध्यक्ष ओलीले पहिले सुकेको घण्टी अहिले बेलुन झै फुलेको बताए । ‘ अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो। केही त होला ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement