कति छ केपी ओलीको चुनावी खर्च ?

कति छ केपी ओलीको चुनावी खर्च ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा सदस्यमा झापा ५ बाट उम्मेदवार बनी विजयी भएका अध्यक्ष ओलीले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार उनले प्रचार सामग्री छपाइ, यातायात, खाजा, खाना, सम्पर्क कार्यालय स्थापना लगायतको शीर्षकमा १८ लाख ८२ हजार चुनावी खर्च भएको विवरण कार्यालयमा बुझाएका छन् ।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने प्रावधान छ । जसअनुसार अध्यक्ष ओलीले आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन् ।

मंसिर ४ गते भएको संघ र प्रदेशसभा निर्वाचन अन्तर्गत ओली झापा ५ बाट भारी मतान्तरले विजयी भएका थिए ।