हामी सरकारतिर हेर्दैनौँ मिसन २०८४ मा जान्छौँ: अध्यक्ष ओली

हामी सरकारतिर हेर्दैनौँ मिसन २०८४ मा जान्छौँ: अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको तागत नै झुट बोल्नु र अफवाह फैलाउनु मात्र रहेको बताएका छन् । मंगलबार बागमती प्रदेश संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले सरकारले हल्ला फैलाउने काम मात्रै गरेको बताएका हुन् ।

ओलीले अहिलेको सत्ता गठबन्धनमा उस्तै उस्तै दलहरु रहेकाले गठबन्धन कायम गर्न चाहिरहेको पनि बताए । ‘सरकारको तागत झुट बोल्ने, अफवाह फैलाउने देखियो’, ओलीले भने, ‘उस्तै उस्तै मिलेकाले, गठबन्धन भएकाले गठबन्धन कायम राख्न चाहन्छन् ।’

ओलीले एमालेको नीति प्रष्ट रहेको बताए । उनले एमालेको नजर सरकारतिर नरहेको बताएका छन् । उनले भने, ‘हामी सरकारतिर हेर्दैनौँ । मिसन ०८४ मा जान्छौं । हाम्रा नीतिहरु स्पष्ट छन् ।’ अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन एमालेविरुद्ध हल्ला फैलाउन लागिपरेको पनि बताए । उनले आफूहरुलाई बदनाम गराउने कदम चालिएको बताए । उनले थपे, ‘हल्ला गर्छन् के–के न भनेर । उहाँहरुलाई बदनाम गर्न मन लाग्छ ।एमालेविरुद्ध हल्ला फैलाउन मन लाग्छ । हामी स्पष्ट हुनुपर्छ ।’ उनले एमालेकै नेता कार्यकर्ता पार्टीको प्रचारमा नलागेको पनि बताए ।