प्रतिनिधिसभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्याे : ओली

प्रतिनिधिसभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्याे : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीकालमा प्रतिनिधिसभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताएका छन ।

मंगलबार एमाले बागमती प्रदेश कमिटीको प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले त्यसबेला आफूहरुलाई झुण्ड्याएर मार्ने डोरी बनाइएको भन्दै आफूले संसद्‍ विघटन गरिदिएर सो डोरी छिनाल्दिएको दाबी गरेका हुन् ।साथै उनले प्रतिनिधिसभा विघटन त्यसबेलाको अपरिहार्यता भएको भन्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरेका छन् ।

‘हामीले पुष ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्‍यौँ । विघटन गर्‍यौँ । हामीले ठीक ठानेर गर्‍यौँ । ठीक भनेर गर्‍यौँ । ठीक थियो र गर्‍यौँ । नगरी नहुने थियो र गर्‍यौँ, ओलीले भने, होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो ।

त्यस षड्यन्त्रलाई, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौं । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी उनीहरुले बनाएका थिए त्यो डोरी हामीले काटिदियौं । षड्यन्त्र छिन्यो । षड्यन्त्र छिनेपछि उनीहरु असाध्यै आत्तिए । उनीहरुले जे योजना गरेका थिए वर्षौंदेखि, उनीहरुलाई त्यही डर थियो प्रतिनिधिसभा भंग गरेर अर्को बाटो लिने हुन् कि भन्ने थियो ।

प्रतिनिधिसभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरूले संगठन विस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रूपमा पुनःस्थापित गरी प्रतिनिधिसभामा प्रवेश गरेको उनको भनाइ छ ।