एमाले अध्यक्ष ओलीसँग अमेरिकन राजदूत डिन आरको भेटवार्ता

एमाले अध्यक्ष ओलीसँग अमेरिकन राजदूत डिन आरको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन् ।

एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच मंगलवार बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको हो ।

भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ ।

भेटका क्रममा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई समेत उपस्थित थिए ।