सरकार अपराधीको संरक्षकमा देखियाे : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अपराधीको संरक्षकजस्तो देखिएको बताएका छन् ।

शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार अपराधीको संरक्षकको रुपमा देखिएको भन्दै यो सरकार रहनु देशका लागि दुर्भाग्य भएकाे बताएका हुन् ।

प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प हुने भएपनि कांग्रेसले यसबारे नसोचेको उनले बताए । एमाले अध्यक्ष ओलीले भने, ‘कांग्रेस कुन संसारमा छ भन्ने नै थाहा छैन । देशको अवस्थाप्रतिको गम्भीरता केही देखिन्न ।’

प्रतिक्रिया दिनुहोस
Advertisement