एमालेले एकल बहुमतको सरकार बनाउँछ : अध्यक्ष ओली

एमालेले एकल बहुमतको सरकार बनाउँछ : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत र अभिमत जितेर २०८४ सालमा एमालेले एकल बहुमतको सरकार बनाउने बताएका छन् ।

एमाले गण्डकी प्रदेश कमिटीको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समारोहलाई आज सोमबार सम्बोधन गर्न पोखरा आएका अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धनका कारण देश बर्बादीको दिशामा गएको दाबी गर्दै त्यसलाई रोक्न एमालेको नेतृत्व आवश्यक हुने बताए ।

अध्यक्ष ओलीले कम्बोडियाको टेलिकममा आफ्नो लगानी भएको भन्ने हल्ला मिथ्या भएको जनाउँदै त्यसलाई प्रमाणित गर्न चुनौती दिए । ‘कम्बोडियामा गएर बुझेर मेरो ३ हजार करोड लगानी भएको प्रमाणित गरिदिए त्यो शेयर उहाँलाई नै दिन्छु, बक्सिस १ हजार पनि थपेर दिन्छु,’ उनले भने ।

गण्डकीमा २ प्यानल बनाएर एमालेको प्रदेश अधिवेशनमा चुनाव हुँदा बाहिर केही टिप्पणी भएको जनाउँदै उनले आन्तरिक एकताले मात्र समृद्धिको यात्रा सहज हुने बताए ।