प्रतिक्रियावादीले काठमाण्डुमा देशभरका मान्छे उतारेर केही हुँदैन, फोहोर मात्र हुने हो : ओली

प्रतिक्रियावादीले काठमाण्डुमा देशभरका मान्छे उतारेर केही हुँदैन, फोहोर मात्र हुने हो : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीले काठमाण्डुमा देशभरका मान्छे उतारेर केही नहुने बरु फोहोर मात्र हुने टिप्पणी गरेका छन् ।

दुर्गा प्रसाईको अगुवाईमा मंसिर ७ गते हुन लागेको प्रदर्शनलाई लक्षित गर्दै उनले देशभरका मान्छे उतार्दा फोहोर मात्रै हुने बताए ।

आज शनिबार पार्टी जनसंगठन समन्वय संयन्त्रको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एउटा कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू जोडतोडले लागेका छन्, देशभरिबाट काठमाण्डुमा मानिसहरू उतार्न, ती मानिसहरू आएर काठमाण्डुमा कुनै केही हुने होइन, काठमाण्डु फोहोर मात्र हुने हो ।’

एमालेका युवा विद्यार्थीले मंसिर ७ गते बेथितिविरुद्ध प्रदर्शन कार्यक्रम राखेको बताए । सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध मात्र गर्न खोजेको उनले बताए ।

उनले भने, ‘हामी मान्छे ओसारेर होइन, यहीँ भएका युवा–विद्यार्थी र त्यसको पृष्ठभागमा युवा–विद्यार्थी एक्लै छैनन् भन्ने देखाउन चाहन्छौं, हामीले थोरै संकेत मात्र गर्न खोजेको हो ।’

देशमा अनियमितता र बेथितिले सीमा नाघेको बताउँदै अध्यक्ष ओलीले सरकार तत्काल सच्चिनलाई खबरदारी गर्ने बताए ।