कतारी प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीले दिए बधाई

कतारी प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीले दिए बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कतार राज्यको प्रधानमन्त्रीमा शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानी नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले नवनियुक्त कतारी प्रधानमन्त्रीलाई आज एक बधाइ सन्देश पठाएर नेपाल र कतारबीच सुमधुर सम्बन्ध रहेकामा हार्दिक प्रसन्नता प्रकट गर्दै विद्यमान मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध भावी दिनमा अझ उन्नत हुने विश्वास व्यक्त गरेका छन् ।