एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री पद अस्वीकार गरेको अध्यक्ष ओलीको खुलासा


पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री तथा मन्त्री बन्न नमानेको खुलासा गरेका छन् ।

बागलुङको पञ्चकोटमा आयोजित महायज्ञमा उपाध्यक्ष पौडेलसँगै पुगेका अध्यक्ष ओलीले मन्त्री बनाउन खोज्दा पनि उनले नमानेको बताए ।

आफूले उपप्रधान तथा मन्त्री बन्न गरेको प्रस्ताव पौडेलले अस्वीकार गरेको ओलीले खुलासा गरे ।

कार्यक्रममा मन्तव्य राख्दा सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले भने, ‘उपप्रधानमन्त्री, मन्त्री बन्नुस् भन्दा नमानेर मसँगै आउनुभएका पूर्व उपप्रधानमन्त्री । आज फेरि बन्नौं भनेको नमानेर पूर्वै बन्न खोजको विष्णु पौडेलजी ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आकर्षक मन्त्रालयसहित मन्त्री बन्ने आशा गरिएका पौडेल मन्त्री नबनेकोप्रति सर्वत्र चासो छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement