होलीलाई विकृत नबनाऊँ : केपी ओली

होलीलाई विकृत नबनाऊँ : केपी ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले होलीलाई विकृत नबनाउन आग्रह गरेका छन् ।

नेकपा एमाले मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाण्डुमा आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले होलीका नाममा देखिएको छाडापन र विकृतिलाई रोक्नुपर्ने बताए ।

होली हर्षोल्लास र गीत, संगीतको पर्व भएकाले त्यसलाई सोही रूपमा मनाउनुपर्नेमा उनले जोड दिए । होलीको नाममा कसैमाथि जोड जुलुम र जबरजस्ती गर्र्न नहुनेतर्फ उनले सचेत गराए ।

‘होलीको सुरु नै सरररबाट हुन्छ, उत्साहबाट, उमंगबाट, हौसलाबाट, यसरी होली सुरु हुन्छ,’ उनले भने, ‘अनुचित पक्षलाई कटाउँदै, हटाउँदै लैजानुपर्छ, यसका राम्रा पक्ष, मित्रताका पक्ष, रमाइलाको पक्ष, मनोरञ्जनका पक्ष, सामाजिक मर्यादाका सीमाभित्र रहेर मनोरञ्जनका पक्षलाई बढावा दिएर लानुपर्छ ।’

नेपालका पर्व र संस्कृति सामाजिक सम्बन्धसँग जोडिएका उनले बताए ।

उनले होली खेल्दा अबिरसँग सतर्क भएर खेल्न आग्रह गरे । स्वास्थ्य र आर्थिक पक्षमा ध्यान दिएर होली खेल्न उनले सुझाव दिए । पर्वको सन्दर्भ पारेर अनेक खर्च नगर्न पनि उनले आग्रह गरे ।

ओलीले होलीले सभ्य, शान्तिपूर्ण र एकताबद्ध समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । होलीको सन्देशले ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणमा सहयोग पुग्ने शुभकामना पनि उनले व्यक्त गरेका छन् ।