काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोगमा ल्याउन सरकार लागेको बताएका छन् ।
थाइ एयर एसियाले शुक्रबारदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पोखरा र भैरहवा विमानस्थलको प्रयोगमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाइने बताए ।
सामाजिक सञ्जालमा फेसबुकमा आज उनले लेखेका छन्, ‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ । हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेस गर्ने जिम्मेवारी तोकेका छौँ । यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ ।’




प्रतिक्रिया