हामी उत्ताउला छैनौँः प्रधानमन्त्री अ‍ोली

हामी उत्ताउला छैनौँः प्रधानमन्त्री अ‍ोली


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पार्टीले गरेको निर्देशानुसार सञ्चालन हुने तथा सरकारले गरेका राम्रा काममा पार्टीको समर्थन र तिनको प्रचार हुनुपर्ने आग्रह गरेका छन् ।

केन्द्रीय कमिटी बैठकको समापन गर्दै उनले कतिपय सञ्चारमाध्यममले नेकपाका नेताहरुलाई भागबण्डा गराएर प्रस्तुत गरेको गुनासो गर्दै सोचविचार गरेर पार्टी एकता गरिएकाले कसैले एकतालाई तलमाथि गर्न नसक्ने ठोकुवा गरे ।

पार्टीमा वैचारिक छलफल र स्कूल सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले वर्तमान सरकारले भ्रष्टाचारीलाई पक्राउ र कारबाही बढाएकाले भ्रष्टाचार बढेको जस्तो भान परेको बताए ।

उनले भने, ‘हामी उग्रपन्थी, सङ्कीर्ण, उत्ताउला वा दक्षिणपन्थी छैनौँ । राष्ट्रियता र लोकतन्त्रको सवालमा कुनै कमी रहन दिँदैनौँ । यसमा पार्टी र सरकार स्पष्ट छ ।’