कुशे औँसीको शुभकामना दिँदै प्रधानमन्त्रीले भने-बन्दे पितरम् !!

कुशे औँसीको शुभकामना दिँदै प्रधानमन्त्रीले भने-बन्दे पितरम् !!


काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पितालाई सम्झिँदै कुशे औँसीको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमा बुबालाई खिर खुवाउँदै गरेको पुरानो तस्बिर साझा गर्दै उनले कुशे औँसीको सबैमा शुभकामना दिएका हुन् ।
उनले लेखेका छन्, ‘बन्दे पितरम् !!

आज बुबाको मुख हेर्ने दिन, पिताजीलाई हाम्रो संस्कृतिले पालनकर्ता, ज्ञानदाता र संरक्षकका रूपमा सम्मान गर्छ । सम्पूर्ण पिताजीहरुलाई नमन, सुस्वास्थ्य र दीर्घायुको कामना! यस दिनलाई कुशे औंसीका रूपमा पनि मनाइन्छ । कुशे औंसीको सबैलाई शुभकामना !!’